Sunday, October 23, 2011

अन्तरबार्तामा सोधिने गाह्रो प्रस्न : हामीले हजुरलाई किन चयन / हायर गर्ने ?


सबै जसो जागिर खोज्ने मानिसलाइ  सोधिने अलिकति खतरा / गार्हो प्रस्न हो | यो प्रस्नको उत्तर हरेक अन्तर्वार्ता दिने उम्मेदवार ले दिनु नै पर्ने हुन्छ तर कसरि यसको उत्तर दिने भन्ने कुरा महत्वपूर्ण हो | यो प्रस्न लाइ यसरि फ्रेम गर्नुस अथवा यसको उत्तर यस्तो दिनुस कि यसको उत्तर ले नै हजुर आफैलाइ बेच्नु सकोस वा यसको उत्तरले नै जुन मौका हेर्दै हुनुहुन्छ त्यसको ढोका खुल्ला होस्

अन्तरबार्ताको समयमा , हजुरको बोल्ने तरिका, शारीरिक क्रियाकलापहरु सबै भन्दा महत्वपुर्ण कुरा रहनेछ | जब हजुरले यस प्रस्नको उत्तर दिनुहुन्छ त्यस समय मा आफ्नो बोल्ने तरिकामा ध्यान दिनुपर्छ, यहाँ गएर धेरै मानिसहरु असफल हुने गर्दछन् | जसले गर्दा हजुरले  जागिर पाउने सम्भावना   मौका एकदमै कम हुने गर्दछ | त्यसैले गर्दा  यो प्रस्नको उत्तर दिने समय आफ्नो पुरै ध्यान यसमा नै दिनु पर्ने हुन्छ

त्यसैले यसलाई सफल बनाउन को लागि उत्तर दिने क्रममा यसलाई सकारात्मक महत्वपुर्ण ठानेर हल्का हाँसोको साथ उत्तर  दिनुपर्ने हुन्छ | जे जस्तो उत्तर दिनुहुन्छ , यो मेरो उत्तर ठिक भन्ने ढुक्कताका साथ दिनु पर्छ

बोलीको लागि मात्रै नभएर , साच्चिकै यो प्रस्नको उत्तर कस्तो दिनुहुन्छ ?

 गाह्रो प्रस्नको उत्तर दिने तरिका : हजुरलाइ यो कुरा थाहा हुनुपर्छ कि हजुरमा भएको क्षमता अथवा पहिला काम गरेको ठाउँबाट सिकेको कुराहरु नया ठाउमा  प्रयोग गर्न सक्नु हुन्छ कि हुदैन | जस्तै उदाहरणको लागि , यदि हजुरले कम्प्युटरसम्बन्धि राम्रो ज्ञान हासिल गर्नु भएको भने यसबाट हजुरको कम्पनिले फाइदा लिन सकोस | त्यसैले केहि समय लिनुस आफुमा भएको क्षमताहरु के के त्यो पत्ता लगाउनुहोस| यिनै क्षमताहरुले गर्दा नै हजुर कुनै पनि कम्पनीको लागि एउटा महत्वपुर्ण सम्पति बन्न सक्नुहुन्छ

उत्तर दिने अर्को पाटोमा हजुरको त्यो कामसंग भएको अनुभव पनि महत्वपुर्ण रहने गर्दछ | हजुरले पहिले गरेको कामको अनुभवले जुन पोस्टको लागि जानुभएको त्यो भन्दा बढी क्षमता भनेर देखाउन  सक्नुपर्ने हुन्छ |

 तर पहिले पनि अरु कम्पनीसंग  यहि  काम गरेको भन्ने प्रयास गर्नु पर्दैन , यसको सट्टा आफ्नो बितेको समयमा गरेको कामले अहिलेको काममा फरक  तरिकाले आफ्नो भूमिका निर्बाह गर्छु भनेर देखाउनु पर्छ |

अन्तिममा , यो कुरा याद गर्नुपर्ने हुन्छ कि यो प्रस्न त्यति महत्वपुर्ण जुन प्रस्न को उत्तरले हजुरले आफुँलाइ सेल गर्नु पर्नेछ |

अन्तरबार्ता भनेको त्यो पहिलो ढोका हो जसले आफ्नो करियरको बाटो खोल्छ, त्यसैले प्रतिस्पर्धाको लागि पहिले नै तयार हुनुपर्छ

No comments:

Post a Comment